परासी, ९ असोज ।
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमार्फत आफ्ना माग राख्न आग्रह गर्नुभएको छ ।
मधेसमा जारी आन्दोलनबारे जिल्लाको वस्तुस्थित बुझ्न आज नवलपरासी आइपुग्नुभएका प्रधानमन्त्री कोइरालाले राजनीतिक दलका नेता, नागरिक समाज, मानवअधिकारवादी विभिन्न सङ्घसंस्था प्रतिनिधिबीच भएको छलफलमा भाला र तरबार बोकेर मधेसको माग पूरा नहुने भएकाले वार्तामा आउन आन्दोलनरत सबै पक्षलाई आग्रह गर्नुभयो ।
उहाँले संसारकै इतिहासमा सर्वसम्मत नेपालको संविधान जारी भइसकेको र कार्यान्वयनमा आउने चुनौतीलाई विभिन्न कालखण्डमा परिमार्जित गर्दै लगिने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले आन्दोलनकारीका अधिकांश माग संविधानमा स्थापित भइसकेका र अरु सम्बोधन हुनुपर्ने केही माग भए वार्ता र संवादबाट समाधान गर्न सकिने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline