काठमाण्डौ,९ असोज ।
नेकपा माओबादी निकट अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनले महासंघको पाँचौ राष्ट्रिय सम्मेलनले योगेन्द्र कुमालको अध्यक्षतामा ९१ सदस्यीय केद्रिय कमिटी चयन गर्दै सम्पन्न भएको छ ।
असोज ७ र ८ गते ललितपुरको बालकुमारीमा चलेको राष्ट्रिय सम्मेलनले पाटीको निती निर्देशन बिपरीत हुने गरी काम गरेको भन्दै ३ जनालाई साधारण सदस्य समेत नरहने गरी निकाष्शन गरेको छ ।
जोगमान लामा ,भिम चापागाइ र अर्थमान लामालाई निष्काशित गरेको महासंघले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ । केही ब्यक्तिहरुले महासंघको बारेमा समानान्तर कमिटी बनेको जस्ता भ्रामक ,अफबाह फैलाउने कार्य गरेको भन्दै आपत्ती जनाएको छ ।
महासंघले आगामी दिनमा अझै मजदुर पक्षीय सत्ता स्थापना गर्न निरन्तर लागिरहने जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline