आन्दोलनलाई सहज बनाउन पत्रकारले सकारात्मक भुमिका निर्बाह गर्नुपर्नेमा बास्तोलाको जोड \आर्थिक समस्याका कारण पत्रकारहरु पलायन हुने क्रम बढेको कार्कीको भनाई

आन्दोलनलाई सहज बनाउन पत्रकारले सकारात्मक भुमिका निर्बाह गर्नुपर्नेमा बास्तोलाको जोड \आर्थिक समस्याका कारण पत्रकारहरु पलायन हुने क्रम बढेको कार्कीको भनाई

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ ९ असोज ।

नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले जनतालाई सुसुचित गराउने काम पत्रकारहरुको भएको बताउनु भयो ।

हेटौडामा आजबाट सुरु भएको क्रान्तीकारी पत्रकार संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै बास्तोलाले यस्तो बताउनु भएको हो ।

उहाले पछिल्लो बिकशित परिस्थितीमा पत्रकारहरुको ठुलो भुमिका रहेको भन्दै परिवर्तनकारी बिचारलाई जनतामा सम्प्रेषण गरेर आन्दोलनलाई सहज बनाउन सकारात्मक भुमिका निर्बाह गर्नुपर्ने बताउनु भयो ।

यस्तै नेपाल प्रेस काउन्सीलका अध्यक्ष बोर्ण बहादुर कार्कीले आजको सन्दर्भमा संचार माध्यमहरुमा ब्याबसायिकताको समस्या रहेको बताउनु भयो । उहाले धेरै पत्रकारहरु आकर्षित भएर आउने तर आर्थिक समस्याका कारण पलायन हुने गरेको बताउनु भयो ।

क्रान्तिकारी पत्रकार सम्मेलनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्ब उपाध्यक्ष गोबिन्द्र आर्चायले ठुला संचार माध्यमलाई कर्पोरेट हाउसले नियन्त्रण गरेको भन्दै संचार माध्यमहरु बास्तबिक रुपमा स्वतन्त्र हुन नसकेको बताउनु भयो ।

पत्रकार महासंघका कोषाअध्यक्ष सुर्यमणि गौतमले अहिलेको परिस्थीतीमा पत्रकारले राष्ट्रियताको सन्दर्भमा आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आर्चायले प्रेस तथा अधिब्यक्ति स्बतन्त्रतालाई सबै पक्ष मिलेर अगाडी बडाउनु पर्ने बताउनु भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघका नेता दिपेन्द्र रोकायाले पत्रकार कुनै पनि एक क्षेत्रको नभइ बिश्वकै संसद जस्तो भएकाले पत्रकारको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । प्रेस चौतारीका सचिब राम यलनले पाटी मातहतमा रहने पत्रकार संगठनहरु कलमजिबी संगठन बन्नु पर्ने धारणा राख्नुभएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , श्रमजिवी पत्रकारहरुको हितमा सशक्त आन्दोलन जुझारु संगठन र जनपक्षिय पत्रकारिता विकाशका लागि प्रथम राष्ट्रिय सम्मेलन “ भन्ने नाराका साथ आजबाट सुरु भएको प्रथम राष्ट्रिय सम्मेलन भोलीसम्म चल्ने छ ।

उदघाटन कार्यक्रममा स्थानिय पत्रकार संग संगठनका प्रतिनिधीको सहभागिता रहेको थियो । अपरान्न साढे चारबजेबाट बन्द सत्र सुरु हुने त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन । आगामी नयाँ नेतृत्व चयन गर्दैै सम्मेलन भोली समापन हुनेछ ।

सम्मेलनमा मुलुकभरका क्रान्तीकारी पत्रकारहरु सहभागी रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी