रुपैडिया क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरी माथि आक्रमण, ३ प्रहरी घाइते

रुपैडिया क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरी माथि आक्रमण, ३ प्रहरी घाइते

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ, ९ असोज ।

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले नेपालगञ्जको नेपाल–भारत सिमानाका रुपैडियाको दश गजा क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरी माथि आक्रमण गरेका छन ।

मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर नेपाल प्रहरीका सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक र कमल खनाल घाइते भएका छन । घाइतेहरुको प्रहरीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भन्सारमा अवरोध र्पुयाउन खोजेपछि प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि प्रर्दशनकारीले ढुगा प्रहार गरेको थिए । सिमानाका केन्द्रित आन्दोलनको कार्यक्रम अन्तगर्त मोर्चाले भारतसंग सिमानाका जोडिएका ठाउमा प्रदर्शन गरीरहेको छ ।

दुई सयको भन्दा बढीको संख्यामा मोर्चाका प्रदर्शनकारीले दश गजा क्षेत्रमा प्रदर्शन गरिरहेकाले प्रहरीले प्रदर्शन रोक्न केही पनि गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी