काठमाडौ ९ असोज ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको वातावरण बनाउन सरकारले नै ठोस पहल गर्नुपर्ने बताउनुभएको छ ।
आज बिहान विराटनगर स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक मुद्दाको समाधान राजनीतिक प्रक्रियाबाट नै हुर्नुपर्ने भन्दै वार्ताको वातावरण बनाउन सेना र प्रहरी ब्यारेकमा फिर्ता हुनुपर्ने माग दोहो¥याउनुभयो ।
एकपक्षीय संविधान कदापि स्वीकार नहुने उल्लेख गर्नु हुदै उहाँले विगतमा मधेसी, आदिवासी जनजाति, महिला र दलित लगायतसँग गरिएका सम्झौता कार्यान्वयनको विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभयो ।
संविधान संशोधनका लागि चर्चामा रहेको सात बुँदे माग संयुक्त मधेसी मोर्चाको नरहेको उहाँको भनाई छ । अनौपचारिक रुपमा धेरैसँग वार्ता भएको जानकारी गराउँदै अध्यक्ष यादवले सरकार ठोस रुपमा प्रस्तुत भएमा दुई चार दिनमा वार्ता हुनसक्ने सङ्केत दिनुभयो ।