काठमाडौ ९ असोज ।
स्थानीय प्रशासन कार्यालयले महोत्तरीको सदरमुकाम जलेश्वरमा दिउँसोको समयमा लगाउँदै आएको निषेधाज्ञा आजबाट हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार आजदेखि जलेश्वरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा हटाएको छ भने राति ९ बजेदेखि बिहान ५ सम्म मात्रै निषेधाज्ञा यथावत् नै रहने छ ।
गत भदौ २३ गते र २५ गते आन्दोलनको क्रममा जलेश्वरमा एक सुरक्षाकर्मी सहित सात जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि जलेश्वरमा निषेधाज्ञा लगाउँदै आएको थियो ।
स्थानीय प्रशासनले जलेश्वरमा घटनापश्चात् दिनमा आठ घन्टा, छ घन्टा, चार घन्टा, दुई घन्टा, एक घन्टा निषेधाज्ञा लगाउँदै आएकोमा आजबाट दिनमा पूर्णरुपमा निषेधाज्ञा मुक्त गरिएको प्रजिअ काफ्लेले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline