निगमसंग २ हप्तासम्मलाई पुग्ने मात्र पेट्रोलियम पदार्थको भण्डारण

निगमसंग २ हप्तासम्मलाई पुग्ने मात्र पेट्रोलियम पदार्थको भण्डारण

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ,९ असोज ।

नेपाल आयल निगमले २ हप्तासम्मलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण रहेको जनाएको छ ।

सिमा नाकामा भारतको कडाइका बाबजुत २ हप्तालाई पुग्ने पेटोलियम पदार्थको मात्र भण्डार रहेको भन्दै निगमले आबश्यक भन्दा बढी इन्धन संचीत नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

निगमका प्रबक्ता दिपक बरालका अनुसार निगमसंग अहिले २३ हजार किलोलीटर पेट्रोल र डिजेल संचित रहेको छ । भारतले भन्सार नाकामा आयात रोकिएपछि काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाब देखिन थालेको छ ।

दैनिक पेट्रोल ३ सय ३५ किलोलिटर माग हुदैै आएकोमा अहिले उपभोक्ताले संचिती गर्न थालेपछि ४ सय किलोलिटर भन्दा बढी माग भइरहेको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी