पदमार्ग खुल्ला भएपछि पर्यटक आवागमन बढ्यो

पदमार्ग खुल्ला भएपछि पर्यटक आवागमन बढ्यो

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ, ९ असोज ।  

रेडपाण्डाको प्रजनन समय भएको भन्दै दार्जिलिङको वन विभागले तीन महिनादेखि लगाएको पर्यटक प्रतिबन्ध खुल्ला गरेको छ ।

दार्जिलिङको सिंहलिला नेसनल पार्कमा रहेका रेडपाण्डा र विभिन्न जनावर र चराचुरुङ्गीको प्रजननमा असर नपुगोस् भन्ने उदेश्यले प्रत्येक वर्ष तीन महिनाका लागि पर्यटक प्रतिबन्ध लगाउने गरिएको छ ।

पार्कले इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्क क्षेत्रभित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । पदमार्ग खुल्ला गरेपछि रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउनेक्रम बढेको स्थानीय छिरिङ फुञ्चोङ भोटियाले बताउनुभयो ।

ठूलो सङ्ख्यामा दार्जिलिङ, मिरिक लगायत भारतीय सहर हुँदै भारतीय र पश्चिमा पर्यटक सन्दकपुर पुग्न थालेका छन् ।

मानेभञ्ज्याङदेखि चित्रे, लामिधुरा, मेघमा, तुम्लिङ, जौवारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ, सन्दकपुर हुँदै फ्यालुटसम्म पर्यटक पुग्ने गर्छन् ।

पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलुकका दर्जनौँ पर्यटक आवतजावत गर्न थालेका छन् ।

दुर्लभ रेडपाण्डा लगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएको भन्दै पार्कले पर्यटक आवगमनमा प्रतिबन्ध लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ