एजेन्सी, ९ असोज ।
फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर विरुद्ध आपराधिक अनुसन्धान सुरु भएको छ । स्वीजरल्याण्डका अधिकारीले फिफाका पुर्बअध्यक्ष ब्लाटरसँग सोधपुछ गर्नुका साथै उनको कार्यालयमा खानतलासी गरेका छन ।
ब्लाटरमाथि सन् २००५ मा क्यारबियन फुटबल प्रमुख ज्याक वार्नरसँग फिफालाई घाटा हुनेगरी फुटबलको टिभी राइट्स सम्झौता गरेको आरोप छ । यस्तै उनीमाथि युरोपियन फुटबल युएफका प्रमुख मिशेल प्लाटिनीलाई सन् २०११ मा अवैधानिक रुपमा रकम उलब्ध गराएको आरोप पनि लागेको छ ।
यीनै आरोपको विषयलाई लिएर उनीमाथि आपराधिक अनुसन्धान सुरु भएको स्वीस अधिकारीले बताएका छन । तर ब्लाटरले भने सबै आरोप अस्वीकार गर्दै आएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline