काठमाडौ ९ असोज ।
गुल्मीमा करेन्ट लागेर दुई जनाएको मृत्यु भएको छ ।
जिल्लाको रुरु–७ एक्लो पिपलमा हिजो साँझ मरेको जंगली जनावार निकाल्ने क्रममा करेन्ट लागेर स्थानीय २५ वर्षीय कमलप्रसाद ज्ञवाली र ख्याहा पाल्पाका ५० वर्षीय दिलबहादुर मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रिडीका प्रमुख प्रहरी निरीक्षक प्रकाशचन्द्र गुप्ताका अनुसार करेन्ट लागेर मरेको स्याल निकाल्ने क्रममा सुरुमा कमललाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा दिलबहादुरलाई पनि करेन्ट लागेकोे हो ।
करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline