काठमाण्डौ,९ असोज ।
गुल्मीको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा चन्दा संकलनबाट फर्निचर निर्माण गरिएको छ ।
विद्यालयको आर्थिक अवस्था कमजोरले पर्याप्त मात्रमा डेक्स र बेन्च किन्न नभएका कारण पठनपाठन गराउन समस्या र असहजता भएपछि विद्यालयले गाउँ टोलमा घरदैलो चन्दा सङ्कलन अभियान सञ्चालन गरेको हो ।
सो क्रममा सङ्कलन भएको रु एक लाख, ४७ हजार, ९६० आर्थिक सहयोगबाट ६० सेट फर्निचर निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले जानकारी दिनुभयो । उहाँले सङ्कलित आर्थिक सहयोगबाट पठनपाठनमा केही सहजता आएको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline