भारतीय राजदूतले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

भारतीय राजदूतले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ,८ असोज ।

नेपालस्थित भारतीय दुताबासले आज साझ गर्ने भनिएको पत्रकार सम्मेलन स्थगीत भएको छ । दुताबासले प्रेस बिज्ञप्ती जारी गरी साझ गर्ने भनिएको पत्रकार सम्मेलन स्थगीत भएको जनाएको छ ।

नेपाल–भारत सीमा नाकामा भइरहेको अवरोध लगायत विषयमा जानकारी गराउने साझ दुताबासले पत्रकार सम्मेलन गर्ने जनाएको थियो । नेपालमा जारी संविधानमा चासो राख्दै भारतले मधेस आन्दोलनको कारण देखाउँदै अघोषित नाकाबन्दी सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले नाकाबन्दीबारे भारतको धारणा माग्न राजदूत रायलाई बोलाएपछि यस विषयमा प्रष्ट पार्न दूतावासले पत्रकार सम्मेलनको निधो गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी