सिकलसेल एनेमियाले तराईका थारु समुदाय चिन्तित

सिकलसेल एनेमियाले तराईका थारु समुदाय चिन्तित

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,९ असोज ।

पश्चिम तराईमा जटिल रक्तअल्पता (सिकलसेल एनेमिया) का बिरामी बढ्दै गएका छन । पश्चिमका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका थारु समुदायमा यो रोग देखिएपछि थारु समुदाय चिन्तित बनेका छन ।

नेपालगन्जमा हालसम्म करिब एक हजारभन्दा बढी बिरामी फेला परेका छन । भने थुप्रैको मृत्यु भएको तर एकिन तथ्याङ्क नभएको अस्पतालले जनाएको छ । रोग निदानको अभावमा ५० प्रतिशत बालबालिकाले ज्यान गुमाइसकेका छन । थारु समुदायमा मात्रै बढी देखिएको सिकलसेलको संक्रमण बढ्दै गएको हो ।

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा दैनिक सिकलसेलका करिब पाँचजना बिरामी फेला पर्ने गरेको भेरी अञ्चल अस्पतालका फिजिसियन डा राजन पाण्डेले बताउनुभयो । केही पीडित सम्पर्कमा आउन नसकेको र पहिचान हुन नसकेर अर्कै रोगको उपचार गराउन समेत बाध्य छन ।

रोगको मुख्य कारण वंशाणुगत भएकाले रोग निदानका लागि निमोनिया, एनिमिया, जन्डिसका लागि भ्याक्सिन दिने गरिएको डा पाण्डेले बताउनुभयो । यो रोग विश्वका अन्य देशमा रहे पनि नेपालमा अहिले बढी मात्रामा देख्न थालिएको छ । अफ्रिका, भारतको मध्यप्रदेश, गुजरात, छत्तिसगढलगायत स्थानमा बढी देखिएको अध्ययनले देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी