दाङमा सुन्नी र वहबी समुदायको विवादपछि सडकमै नमाज

दाङमा सुन्नी र वहबी समुदायको विवादपछि सडकमै नमाज

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ,८ असोज ।

दाङको घोराहीमा रहेका सुन्नी मुस्लिम समुदायले आज वकर इद पर्व सडकमै मनाएका छन ।

घोराहीको फुर्सेखाली जाने सडक छेउमा रहेको कब्रस्थानमा नमाज पढ्ने विषयमा विवाद भएपछि सुन्नी समुदायका मुसलमानले घोराहीको नेपाल टेलिकम कार्यालयको अगाडि चौराहमा नमाज पढेका हुन ।

कब्रस्थान अर्थात् शवदाहस्थलमा पूजापाठ र नमाज पढ्ने विषयमा सुन्नी र वहबी समुदायका मुस्लिमबीच विवाद हँुदा स्थानीय प्रशासनले कब्रस्थानमा जान रोक लगाएपछि सुन्नी समुदायका मुसलमानले सकडमै नमाज पढेका हुन ।

उता वहबी समुदायका मुसलमानले नयाँ बजारको मदरसामा नमाज पढेका छन् । स्थानीय प्रशासनले विवाद मिलाउने र सुरक्षा दिनुपर्ने बेला पूजापाठ गर्ने कार्य रोकेको भन्दै सुन्नी समुदायका मुसलमानले आपत्ति जनाएका छन ।

कब्रस्थान रहेको करिब १६ कट्टा जग्गामा दुवै समुदायले वर्षौंदेखि पूजापाठ गर्दै आएका र अहिले वहबी समुदायको अलसल्फीया अहले हदिस समितिले शवदाह स्थलमा नमाज पढ्न नहुने भन्दै पुनरावेदन अदालतमा मुद्दासमेत दायर गरेको छ ।

तर अदालतले कब्रस्थानको भौतिक पूर्वाधार निर्माणमा घोराही नगरपालिकाबाट रु एक लाख र जनसहभागिता देखिएको भन्दै सगोलको सम्पत्ति भएकाले समानरुपले प्रयोग गर्न आदेश दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी