आन्दोलनरत पक्षसंग बार्ता गर्न भूतपूर्व सैनिक महासंघ अनुरोध

आन्दोलनरत पक्षसंग बार्ता गर्न भूतपूर्व सैनिक महासंघ अनुरोध

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ८ असोज ।

भूतपूर्व सैनिक महासंघले तराइका जिल्लामा भइरहेको आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नु परेकालेसरकार र आन्दोलनरत पक्षलाई वार्ताको पहल गरी उचित समाधान गर्न आग्रह गरेको छ ।

भूतपूर्व सैनिक महासंघका अध्यक्ष डा लक्ष्मीकान्त पाण्डेयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र र राष्ट्रियता जोगाउनु सबै नागरिकको कर्तव्य भएकाले यस कुरालाई सबैले आत्मसात गर्नुपर्ने बताउनु भएको छ ।

लामो कसरत पछि नेपाली नागरिकले प्राप्त गरेको ‘नेपालको संविधान २०७२’ को संरक्षण र कार्यान्वयन गर्नु देश र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकको कर्तव्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भूतपूर्व सैनिकका बारेमा उपयुक्त सम्बोधन नभएकोप्रति गुनासोसमेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी