विगतको सम्झौता कार्यान्वयन गरे मात्र वार्ता हुन्छ : उपेन्द्र यादव

विगतको सम्झौता कार्यान्वयन गरे मात्र वार्ता हुन्छ : उपेन्द्र यादव

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,८ असोज ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा मधेसवादी दलसँग भएको सम्झौता कार्यान्वयन भएमात्र अविलम्ब वार्ता हुनसक्ने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज संचारकर्मीसंग कुराकानी गर्दै अहिले मधेसमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी र प्रशासनबाट भइरहेको दमन तत्काल रोक्नुपर्ने, छावनीबाट बोलाइएको सेना फिर्ता गर्नुपर्ने, घाइतेको उपचार र क्षतिपूर्तिको पूर्ण व्यवस्था गर्नुपर्नेलगायतका माग पनि अघि सार्नुभएको छ ।

यादबले तीन प्रमुख दलले आन्दोलनरत मधेसवादी दलसँग वार्ताको नाममा नाटक गरेको र वार्तातर्फ ठोस कार्ययोजनासहित पहल नगरेको आरोपसमेत लगाउनुभयो । मधेसी दलसँगको वार्तालाई जति लम्ब्यायो त्यति नै राज्यलाई घाटा हुने र अशान्ति बढ्ने चेतावनी पनि उहाँले दिनुभयो ।

विगतमा सरकारसँग भएको २२ बुँदे र आठ बुँदे सम्झौता कार्यान्वयनमा नल्याइए राजमार्ग केन्द्रित आन्दोलनलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी