अनसनरत डा. गोबिन्द्र केसीको स्वास्थ्य अबस्था गम्भीर बन्दै

अनसनरत डा. गोबिन्द्र केसीको स्वास्थ्य अबस्था गम्भीर बन्दै

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, ८ असोज ।

त्रिवि शिक्षण अस्पतालमा अनसनरत बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ डा गोबिन्द्र केसीको स्वास्थ्य अबस्था गम्भीर बन्दै गएको छ ।

सरकारसँग भएको ११ बुँदे सहमति पालना नभएको भन्दै छैटौ पटकको आमरण अनशन तोडेको केही दिनमै उहा सातौ पटक अनसन बस्नु भएको हो ।

छैठौँ अनशनले बिग्रिएको स्वास्थ्य तङ्ग्रिन नपाउँदै असोज २ गते दिउँसोबाट सातौँ अनशन सुरु गर्नुभएका डा केसीको रक्तचाप र श्वासको गति उच्च हुँदै गएको उहाँको उपचारमा संलग्न डा दिव्यसिंह शाहले जानकारी दिनुभयो ।

तीन वर्षको अवधिमा चिकित्सा शिक्षा सुधारका लागि ६४ दिन अनशन बसिसक्नुभएका प्रा डा केसीलाई नर्मल स्लाइन दिइरहेको र उहाँको पिसाबमा समस्या देखिएको डा शाहले उल्लेख गर्नु भयो ।

पछिल्लो पटक माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै भदौमा प्रा डा केसी १४ दिनको अनशन बस्नुभएको थियो ।

पछिल्लो पटक सरकारले शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरेको चिकित्सा शिक्षासम्बन्धी आयोग र सो आयोगका सदस्यका बारेमा प्रा डा केसीेको असहमति छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी