भारतको अघोषित नाकाबन्दीबारे सरकारले  राजदूत रायसंग सोधपुछ गर्ने

भारतको अघोषित नाकाबन्दीबारे सरकारले  राजदूत रायसंग सोधपुछ गर्ने

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ८ असोज ।

भारतले सिमाक्षेत्रमा अघोषित रुपमा गरेको नाकाबन्दीबारे सरकारले भारतिय राजदूत रणजित रायसंग सोधपुछ गर्ने भएको छ ।

मुख्य ३ दलको हिजो बसेको बैठकले प्रमुख सिमा नाकाहरुमा भारतले नेपाली मालवाहक ट्रकहरुमा गरेको कडाईका बारेमा राजदूत रायसंग सोेधपुछ गर्ने निर्णय गरेको थियो । त्यसै अनुरुप परराष्ट्र मन्त्रालयका अधिकारीहरुले आज राजदूत रायलाई बोलाउने तयारी गरेका छन ।

परराष्ट्रमन्त्री महेन्द्र बहादर पाण्डे राट्रसंघको महासभमा भाग लिन न्युर्वक जानुभएकाले मन्त्रालयका निमीत्त सचिवले रायसंग सोधपुछ गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालमा नया संविधान घोषणा भएपछि भारतले वक्तव्य नै निकाल्दै तराईमा जारी आन्दोलनका कारण मालवाहक सवारी साधन सहजरुपमा आवत जावत गर्न कठिनाई भइरहेको गुनासो आएको भन्दै नाकाबन्दी गर्ने चेतावनी दिएको थियो ।

नेपालमा त्यसको चर्को विरोध भएपछि भारतीय अधिकारीहरुले नाकाबन्दी गर्नेे योजना नभएको स्पष्टिकरण दिएका थिए ।

तर भारतीय सिमा सुरक्षा बलले माथिको आदेश भन्दै काकडभित्ता, सक्सौल, भैरहवा, नेपालगञ्ज नाकाहरुमा सुरक्षा जांचको बहानामा नेपाल छिर्ने अनुमति लिइसकेका सवारी साधनहरुलाई समेत रोकेर राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी