विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ  ७ असोज । मलेसियामा यही असोज २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकपको छनोटका लागि आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ खेलाडी र चार वैकल्पिक खेलाडीको छनोट गरेको छ ।

क्यानले छनोट गरेको खेलाडीमा राजु रिजाल (कप्तान), आरिफ शेख (उपकप्तान), दिपेन्द्र ऐरी, सौरभ खनाल, शङ्कर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ, राजवीर सिंह, कुशल भुर्तेल र ललितनारायण राजवंशी छन् ।

त्यस्तै चार वैकल्पिक खेलाडीमा कमल ऐरी, हिमांशु दत्त, आशिष धामी र सन्दिप लामिछाने छन् ।

‘सुपर सिक्सेस्’ क्रिकेट हुने
दोस्रो ‘सेन्चरी बैंक कर्पोरेट सुपर सिक्सेस्’ क्रिकेट प्रतियोगिता यही असोज ९ देखि १३ गतेसम्म हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा १८ टोलीको सहभागिता रहनेछ । जसमा १० बैंक, छ ‘कर्पाेरेट हाउस’ तथा एक÷एक सञ्चारगृह र राजदूतावास रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खेल पाँच ओभरको हुनेछ भने एउटा टोलीमा छ खेलाडी हुनेछन् ।
‘लिग–कम–नकआउट’का आधारमा हुने प्रतियोगितामा सहभागी टोलीमा आयोजक सेन्चुरी बैंक, सिभिल बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, नविल बैंक, बैंक अफ काठमाण्डु, सानिमा बैंक, कुमारी बैंक, ज्योति विकास बैंक, आइसीएपफसी फाइनान्स्, भारतीय राजदूतावास, कान्तिपुर मिडिया ग्रुप, नेपाल टेलिकम, सिप्रदी टे«डिङ, गोर्खा ब्रुअरी, निम्बस् नेपाल, मोडेल ग्लोबल भिसा कन्सलटेन्सी र युनाइटेड स्प्रिट्स छन् ।
प्रतियोगिताको ‘ब्राण्ड एम्बेस्डर’ राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर सुवास खकुरेल हुनुहुन्छ । प्रतियोगिता सञ्चालनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी