मक्का घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख प्रकट

मक्का घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख प्रकट

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडाँ, ७ असोज । प्रधानमन्त्री सुशील कोइरालाले साउदी अरेबियाको मक्का सहरमा हजको तीर्थाटनमा गएका सात सयभन्दा बढी यात्रुको आज दिउँसो भागदौडका क्रममा निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज साउदी राजा सलमानलाई शोक सन्देश पठाउँदै घटनामा निधन भई जीवन गुमाएका तीर्थयात्रीका परिवारमा व्यक्तिगत, नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

सन्देशमा जीवनमा सुख, शान्ति, प्रगतिको कामना सहित समस्त इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का–मदिनाको यात्रा गरी सन्तोष लिन प्रयासरत यात्रुको निधनले आफू मर्माहत भएको उहाँले उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ