एक हप्तामै एक करोड कमायो वडा नं ६ ले

एक हप्तामै एक करोड कमायो वडा नं ६ ले

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, ७ असोज । यही असोज १ गते उपत्यकामा प्रदर्शन सुरु भएको बहुप्रतिक्षित चलचित्र ‘वडा नं ६’ले एक हप्ता नबित्दै रु एक करोडमाथिको व्यापार गरेको छ ।

हाँस्य टेलिशृङ्खला ‘तितो सत्य’, जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ समूहका कलाकारको प्रस्तुति रहेको उक्त चलचित्र हाल राजधानीका तीन जिल्लाका २४ ‘चित्र मन्दिर’मा प्रदर्शन भइरहेको छ ।

आफ्नो चलचित्र दर्शकले अति रुचाएको बताउँदै कलाकार दीपाश्री निरौलाले भन्नुभयो – “चलचित्रले सोचेभन्दा पनि ज्यादा दर्शकको माया पाएको छ, चलेको एक हप्ता नपुगी करोडको व्यापार गर्नु चानचुने कुरा हैन ।”

हुन त करिव रु ८० लाखको लगानीमा बनेको यो चलचित्रले रिलिज हुनु अगाडि नै निकै चर्चा बटुलेको थियो । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा दीपाश्रीसँगै दीपकराज गिरी, जितु नेपाल, प्रियन्का कार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राईलगायतका कलाकारको अभिनय छ ।

प्रायः टेलिभिजनमार्फत दर्शकको मन जितेका हाँस्य कलाकारको निर्माण र अभिनय भए पनि चलचित्र माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शकको मनमा छाप छोड्न सकेको विश्लेषकको भनाइ छ ।

यो वर्ष ‘रिलिज’ भएका चलचित्र ‘रेशम फिलिली’, ‘होस्टेल रिर्टन्स’्, ‘भैरव’ र ‘लव सव’ मध्ये ‘वडा नं ६’ सर्वाधिक सफल हुने अनुमान गरिएको छ । चलचित्र यही असोज १५ गतेदेखि उपत्यका बाहिर प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी