नेपाली जनता निर्णय लिन सक्षम छ – नेता नेपाल

नेपाली जनता निर्णय लिन सक्षम छ – नेता नेपाल

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पोखरा, ७ असोज ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) क्षेत्र नं ४ ले नयाँ संविधान जारी भएको खुसियालीमा आयोजित चियापान समारोहमा उहाँले नेपाली जनताको यस्तो निर्णयलाई छिमेकी ठूला प्रजातान्त्रिक मुलुकले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो देशबाट भारत र चीन विरोधी गतिविधि हुन नदिने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो – “सहयोग गरेँ भन्दैमा स्वतन्त्र राष्ट्रलाई कसैले पनि कठपुतली बनाउन खोज्नु हुन्न ।”

नयाँ संविधानको घोषणासँगै राजनीतिक सङ्क्रमण टुङ्गिएका अब मुलुकलाइै आर्थिक विकास र समृद्धितिर डो¥याउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ सरकार गठनसँगै देश निर्माणको काम अघि बढ्ने बताउनुभयो ।

उहाँले नयाँ संविधानले सङ्घीयता, समावेशी र सामाजिक न्यायका विषयलाई पनि समेटेकाले यसबाट मधेसी समुदायको माग पनि सम्बोधन भएको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी