लोडेसेडिङ नघटाएको भन्दै हाकिमको कार्यकक्षमा आगजनी

लोडेसेडिङ नघटाएको भन्दै हाकिमको कार्यकक्षमा आगजनी

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कञ्चनपुर, ७ असोज ।

विद्युत् कटौती नघटाएको भन्दै कञ्चनपुरका विभिन्न विद्यार्थी सङ्गठनले विद्युत् कार्यालय कञ्चनपुरका प्रमुखको कुर्सी जलाएका छन् ।

आज कञ्चनपुरका विभिन्न सङ्गठनले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख पुष्पराज पन्तको कुर्सी जलाएका हुन् ।

नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, वैद्य÷विप्लव क्रान्तिकारी र अखिल छैटौँ सम्बद्ध विद्यार्थी सङ्गठनले कुर्सी जलाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले विभिन्न विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीले एकाएक गएर कार्यालय प्रमुख पन्तको कुर्सी र टेलिफोनसमेत जलाएको जानकारी दिनुभयो ।

विद्युत् भार कटौतीमुक्त जिल्ला घोषणाको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी सङ्गठन र विद्युत् कार्यालयबीच सात दिनसम्म दैनिक दुई घन्टा मात्रै विद्युत् कटौती गर्ने र सात दिनभित्र एक कार्यदल बनाएर समस्या समाधान गर्ने सहमति भएपनि विद्युत् कटौती गरिएको भन्दै आक्रोशित विद्यार्थी आगजनीमा उत्रिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ