काठमाडौं, ७ असोज ।
नया संविधानमा असन्तुष्टी जनाउदै तराई मधेशमा जारी आन्दोलनका विषयमा छलफल गर्न प्रमुख ३ दल छलफलमा जुटेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीसहित ३ दलको बैठकमा आन्दोलनरत पक्षसंग गर्ने वार्ताको तयारीका बारेमा छलफल भएको छ ।
नयाँ संविधानमा तिब्र असन्तुष्टि जनाउदै करिब डेढ महिनादेखि आन्दोलनमा उत्रिएको पक्षलाई वार्तामा ल्याउन ठोस प्रस्ताव निकाल्ने उदेश्यले प्रमुख ३ दलको बैठक बसेको होे । बैठकमा गृहमन्त्री वामदेव गौतमको समेत सहभागिता थियो ।
दलहरुबीच तराई मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्ने विषयमा थप गृहकार्य गरि ठोस प्रस्ताव ल्याउन दिउसो २ बजे पुन बस्ने गरि बैठक स्थगित गरिएको छ ।
मधेशको समस्याका बारेमा भारतले देखाएको सक्रियतका साथै कुटनीतिक बृतमा उत्पन्न असमझदारीका विषयमा पनि बैठकमा छलफल हुने एक नेताले बताए ।
मुलुकको आन्तरिक मामलामा भारतले अनावश्यक चासो देखाएको भन्दै प्रमुख ३ दलले भारतीय राजदूतले पछिल्लो समय देखाएको सक्रियताका विषयमा पनि बैठकमा समिक्षा हुने भएको छ ।