मधेश आन्दोलनका विषयमा छलफल गर्न प्रमुख ३ दलको बैठक जारी

मधेश आन्दोलनका विषयमा छलफल गर्न प्रमुख ३ दलको बैठक जारी

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ७ असोज ।

नया संविधानमा असन्तुष्टी जनाउदै तराई मधेशमा जारी आन्दोलनका विषयमा छलफल गर्न प्रमुख ३ दलको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आन्दोलनरत पक्षसंग गर्ने वार्ताको तयारीका बारेमा छलफल भइरहेको छ ।

नयाँ संविधानमा तिब्र असन्तुष्टि जनाउदै करिब डेढ महिनादेखि आन्दोलनमा उत्रिएको पक्षलाई वार्तामा ल्याउन ठोस प्रस्ताव निकाल्ने उदेश्यले प्रमुख ३ दल नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीको बैठक बसेका हो ।

मधेशको समस्याका बारेमा भारतले देखाएको सक्रियतका साथै कुटनीतिक बृतमा उत्पन्न असमझदारीका विषयमा पनि बैठकमा छलफल हुने एक नेताले बताए ।

भारतले नेपालको संविधानप्रति तिब्र असन्तुष्टि जनाउदै आफ्नो सातबुदे प्रस्ताव अघि सारेको समाचार सार्वजनिक भएपछि शिर्ष नेताहरुले त्यसलाई गम्भिर रुपमा लिएको बताइएको छ ।

मुलुकको आन्तरिक मामलामा भारतले अनावश्यक चासो देखाएको भन्दै प्रमुख ३ दलले भारतीय राजदूतले पछिल्लो समय देखाएको सक्रियताका विषयमा पनि बैठकमा समिक्षा हुने भएको छ ।

स्रोतका अनुसार प्रमुख ३ दलको आजको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा ल्याउन ठोस प्रस्ताव निकाली वार्तालागि आह्वान गर्ने सम्भावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी