काठमाडौं, ७ असोज ।
महाराजगंज स्थित शिक्षण अस्पतालमा आमरण अनशन बस्नु भएका वरिष्ट हाड जोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै अस्पतालका आवासिय चिकित्सकहरुले आजबाट नियमित पठनपाठन वहिस्कार गरेका छन ।
करिब २ सय पचास जनाको संख्यामा रहेका आवासिय चिकित्सकहरु आज विहानैबाट कक्षामा सहभागि नरहेको नेश्नल रेजिडेन्ट डाक्टर एसोसियशनका अध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो ।
चिकित्सा शिक्षा र सेवालाई सबैको पहुचमा पुर्याउन चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा केसी सातौं पटक अनशन बसिरहनु भएको छ ।
अनशन बसेको सातौं दिनपुग्दा पनि माग सम्बोधनका लागि सरकारका तर्फबाट कुनै चासो नदेखिएको भन्दै डा केसीका समर्थकहरुले असन्तुष्टी जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline