काठमाडौं, ७ असोज ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालको संविधान दक्षिण एसियाकै सर्वाधिक प्रगतिशील दस्तावेज रहेको दाबी गर्नुभएको छ ।
भारतीय अखबार ‘दि इन्डियन एक्सप्रेस’ सँगको अन्तक्ष्वार्तामा उहाले नेपालको संविधान २०७२ एउटा खुल्ला दस्तावेज रहेको भन्दै समयसापेक्ष संशोधन गर्दै जान सकिने प्रष्ट पार्नुभयो ।
सोही अखबारले हिजो भारत सरकारले नेपालको संविधानमा आफ्नो सात बुँदे सुझाव दिएको दाबी गर्दै असन्तुष्टिका सात बुँदा सार्वजनिक गरेको थियो ।
भारत सरकारले नेपालको संविधानका बारेमा कुनै प्रकारको असन्तुष्टि कहिल्यै जनाएको भन्दै राजदूत उपाध्यायले आफूले मिडियामार्फत नै नेपालको संविधानबारे भारतको सात बुँदे असन्तुष्टि थाहा पाएको बताउनुभएको छ ।
उहाले नेपालको संविधान समावेशी र अधिकारका सवालमा भारतको भन्दा उत्कृष्ट रहेको दाबी समेत गर्नुभएको छ ।