नेपालमाथि भारतको गैर कुटनीतिक दवावले उसको छवि धमिलियोः विज्ञहरु

नेपालमाथि भारतको गैर कुटनीतिक दवावले उसको छवि धमिलियोः विज्ञहरु

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असोज ७ काठमाण्डौं ।

नेपालमा भर्खरै जारी भएको सविधान प्रति चरणबद्ध रुपमा औपचारीक अनौपचारीक रुपमा दवाव दिएको भारतको गैर कुटनीतिक व्यवहारप्रति अन्तराष्ट्रिय क्षेत्रमा समेत नकारात्मक सन्देश गएको विज्ञहरुले बताएका छन् ।
कुटनैतिज्ञ एवं राजनीतिक विष्लेषक डा. विष्णुहरी नेपालले भारतले नेपालमाथि खेलेको भूमिका अत्यन्त हेपाहा रहेको भन्दै यसको विरुद्ध सबै नेपाली केन्द्रीत हुनु पर्ने बताउनु भएको छ ।
आफूले मोदीलाई ट्वीट गरेर नेपालमा ईन्दीरा गान्धी र तपाईमा के भिन्नता भयो भनेर प्रश्न गरेको भन्दै डा. नेपालले भारतलाई सुरक्षापरिषद्को स्थायी सदस्य बन्न दिनु गल्ती हुने बताउनु भयो ।
रेडियो मिर्मिरेसग‘ कुरा गर्दै जापानका लागि पूर्व नेपाली राजदुत समेत रहेका डा. नेपालले अहिलेकै अवस्थामा समेत दक्षिण एशियामा नेपाल र भुटान जस्ता फ्ना छिमेकीहरुमाथि दवाव र दख्खल दिने भारतले सुरक्षा परिषद्मा शक्ति प्राप्त गरे अझ दुखः दिन सक्ने बताउनु भयो ।
उहाले दिल्लीलाई तीर्थस्थलको रुपमा दौडधुप गर्ने नेताहरुले अहिले लिएको अडान सकारात्मक रहे पनि यो कति समय सम्म टिक्ने हो त्यो हेर्न बॉकी रहेको बताउनु भयो ।

नेपालको मामलामा विभिन्न विदेशी सञ्चार माध्यमहरुमा भारतको भूमिकालाई लिएर समाचारहरु समेत प्रकाशमा आए पछि भारतको भूमिकाको चर्चा भएको हो ।

चीनको सिनह्वा लगायतका सञ्चार माध्यमले नेपाली कुटनैतिज्ञहरुसग‘ सम्पर्क गरी नेपालमा भारतले कस्तो दवाव दिएको हो भनेर खबर सार्वजनिक गरेका छन् ।

भारतीय सञ्चार माध्यममा अझ यसका बारेमा सकारात्मक÷नकारात्मक समाचारहरु प्रकाशन भईरहेका छन् ।

भारतले विभिन्न दवाव र शर्त राख्नुका साथै नाकाबन्दी गरेर पेट्रोलियम पदार्थको आयातमा अवरोध गरे पछि नेपालभर भारत विरोधी भावना तीव्र बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ