राति १२ बजेबाट दङ्गाग्रस्त क्षेत्र हटाइयो

राति १२ बजेबाट दङ्गाग्रस्त क्षेत्र हटाइयो

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

धनगढी, ६ असोज ।

कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकासहित आसपासका गाविस क्षेत्रमा गएको एक महिनादेखि घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र आज राति १२ बजेबाट हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइंँले स्थानीय प्रशासन ऐनअनुसार एक महिनासम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेकोमा यो भन्दा बढी समयका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न मन्त्रालयको आदेश आवश्यक पर्ने हुँदा आज राति १२ बजेदेखि दङ्गाग्रस्त क्षेत्र हटाइएको  जानकारी दिनुभयो ।

दङ्गाग्रस्त क्षेत्र घोषणा हटाउने निर्णय भएपनि ती क्षेत्रमा परिचालित नेपाली सेना भने फिर्ता नहुने उहाँले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकले टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिकासहित मुनुवा, नारायणपुर, जोशीपुर, दुर्गौली, गाविस क्षेत्रमा आज राति १२ बजेदेखि भोलि बिहान ५बजेसम्म निषेधाज्ञा जारी गरिएको र बिहान ५बजेदेखि दिउँसो २ बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ ।

आठ प्रहरी र एक बालकको ज्यान जाने गरी टीकापुरमा भदौ ७ गते भएको हिंसापछि स्थानीय प्रशासनले लगातार निषेधाज्ञा जारी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी