झापा फुटबल क्लब लिगको शीर्ष स्थानमा

झापा फुटबल क्लब लिगको शीर्ष स्थानमा

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ६ असोज ।

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली झापा फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ ।

विभिन्न नौ टोलीले भाग लिएको उक्त प्रतियोगितामा ११ खेल पूरा गरेको झापा फुटबल क्लब १८ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब १७ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ भने १६ अङ्क जोडेको थ्रीस्टार क्लब भने तेस्रो स्थानमा छ ।

त्यसैगरी, मोफसलको अर्को टोली सुदूरपश्चिमाञ्चल फुटबल क्लब १४ अङ्कका साथ चौथो स्थानमा छ भने समान १४ अङ्क नै जोडेको सशस्त्र प्रहरी बल (एपिएफ) गोलअन्तरका आधारमा पाँचौँ स्थानमा छ ।

गत वर्षको लिग लिडर मनाङ मस्र्याङ्दी क्लब छैटौँ, नेपाल प्रहरी क्लब सातौँ, लुम्बिनी फुटबल क्लब आठौँ र मोरङ फुटबल क्लब लिगको नवौँ स्थानमा छन् । मनाङको नौ, प्रहरीको आठ र लुम्बिनीको ६ अङ्क रहेको छ ।

सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताअन्तर्गत भोलि विभिन्न स्थानमा चार खेल हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दुई खेल हुनेछन् भने झापा र मोरङमा समान एक÷एक खेलको आयोजना हुनेछ ।

सातदोबाटोमा भोलि मध्याह्न १२ः३० बजे सुदूरपश्चिमाञ्चल फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ भने दोस्रो खेल दिँउसो १५ः३० बजे लुम्बिनी फुटबल क्लबले नेपाल प्रहरी क्लबको सामना गर्नेछ ।

उक्त प्रतियोगिताको खेल हेर्ने दर्शकका लागि भिआइपी प्यारापिटतर्फ रु ४०० र साधारण प्यारापिटतर्फ रु २०० टिकट दर तोकिएको एन्फाले जनाएको छ ।

त्यसैगरी, झापामा त्रिभुवन आर्मी क्लबले घरेलु टोली झापा फुटबल क्लबको सामना गर्नेछ भने मोरङमा लुम्बिनी फुटबल क्लब र मोरङ फुटबल क्लबबीच खेल हुनेछ ।

होम एन्ड अवेका आधारमा सञ्चालित उक्त प्रतियोगिताको विजेता टोलीले रु एक करोड पुरस्कार प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी