सहयोग गर्न सरकार तयार : अर्थमन्त्री महत

सहयोग गर्न सरकार तयार : अर्थमन्त्री महत

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

चितवन, ६ असोज ।

अर्थमन्त्री डा रामशरण महतले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको गैँडाकोटमा रहेको मौला कालिका मन्दिर विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

उहाँले प्रहरी र सर्वसाधारणको साझेदारीको नमुनाका रुपमा रहेको मन्दिर विभिन्न दाताको सहयोगमा निर्माण भएकामा खुसी व्यक्त गर्नुहँुदै प्रक्रिया पु¥याएर सहयोगका लागि आए सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्दिरको आज दर्शन र अवलोकनपश्चात् आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री महतले प्राकृतिक छटाले भरिपूर्ण कालिका मन्दिरको प्रचारप्रसारमा जोड दिएको खण्ड धार्मिक पर्यटन फष्टाउने बताउनुभयो ।

सो अवसरमा मन्त्री महतले मन्दिर परिसरको विभिन्न भौतिक पूर्वाधारको अवलोकन गर्नुभएको थियो । मन्दिर सञ्चालक समितिका सल्लाहकार एवम् पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत मन्दिरको विकासको सहयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका रथी बलदेव राज महतलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी