उपप्रधानमन्त्री सिंह न्यूयोर्क प्रस्थान

उपप्रधानमन्त्री सिंह न्यूयोर्क प्रस्थान

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ६ असोज ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालले संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा संविधानसभाबाट संविधान जारी भई कार्यान्वयनमा आएको तथा भूकम्पपछिको पुनःनिर्माणका विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष छलफल गर्ने बताउनुभएको छ ।

महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुका पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू न्युयोर्कमा रहँदा छिमेकी एवम् मित्र राष्ट्रका समकक्षीसँग देशको समसामयिक राजनीतिक विषय र आपसी हित र चासोका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाको कार्यव्यस्तताका कारण आफू महासभामा भाग लिन जान लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्र सङ्घ स्थापनाको ७०आँै वार्षिकोत्सव र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने महासभामा नेपालको सहभागिता महत्वपूर्ण विश्वास व्यक्त गर्नुभयो ।

यसअघि उक्त महासभामा भाग लिन परराष्ट्रमन्त्रीसहितको टोली आजै त्यसतर्फ गएको छ । यही असोज १४ गते उपप्रधानमन्त्री सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । असोज ११ देखि १८ गतेसम्म राष्ट्रसङ्घको ७०औँ महासभा हुँदैछ ।

महासभाकै क्रममा अमेरिकी राष्ट्रपति बाराक ओवामा र राष्ट्र सङ्घका महासचिव वान कि–मुनले आयोजना गर्ने ‘विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुक सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलन’मा तथा ‘सन् २०१५ पछिको विकास रूपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि नेपालको सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ