मधेसी मोर्चाले नाका ठप्प पारेर आन्दोलन चर्काउने

मधेसी मोर्चाले नाका ठप्प पारेर आन्दोलन चर्काउने

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, ६ भदौ ।  

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन सरकारी कार्यालय, वित्तीय संस्था र भन्सार नाका बन्द गरी राजमार्ग केन्द्रीत आन्दोलन सशक्त पार्ने निर्णय गरेको छ ।

मोर्चाको निर्णय सार्वजनिक गर्दै राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेताहरुले सो कुरा जनाएका हुन् ।

बैठकले मेची महाकाली (हुलाकी राजमार्ग) मा मानव श्रृंखला निर्माण गरी हातेमाले कार्यक्रम गर्ने,  निहत्था ‘जनताको हत्या गरी मानवअधिकारको हनन गर्ने सरकार’ विरुद्ध सर्वोच्च अदालत र अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतमा मानवताविरोधी अपराध तथा अन्तर्रा्ष्ट्रिय मानवीय कानुनको उल्लघंनमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

बैठकले मंगलबार सुनसरीको इनरुवामा केही व्यक्तिले मित्रराष्ट्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्यका भत्र्सना गरेको छ ।

मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एबम् मुस्लिम संघर्ष समितिलगायतसँग भइरहेको सहकार्यलाई अगाडि बढाउँदै मोर्चासँग समान मुद्दा भएका दल, संगठन, र संघ–संस्थासँग छलफलका लागि मोर्चाका चार सदस्यीय सचिवालयका सदस्यहरु राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, मनिष सुमन र रामनरेश राय यादवलाई जिम्मेवारी दिएको छ ।

पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृद्येश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष नवलकिशोर साह, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र महासचिव रामकुमार मण्डल उपस्थित हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी