लोकतन्त्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण– प्रधान न्यायाधीश

लोकतन्त्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण– प्रधान न्यायाधीश

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ६ असोज ।

प्रधान न्यायाधीश कल्याण श्रेष्ठले राष्ट्र र लोकतन्त्रको विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ४६औँ वार्षिक दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रलाई सफल बनाउन सञ्चारजगतले अहम् भूमिका खेल्नु पर्ने बताउनुभयो ।

देशभरि सञ्चारमाध्यम झाँगिएको र यसले जनतालाई झक्झक्याइरहेको चर्चा गर्दै उहाँले पत्रकारिता न्यायको पक्षधर रहेका कारण यसले अर्काको हकअधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले पत्रकारिता जगत समाजको महत्वपूर्ण पक्ष भएको बताउँदै पत्रकारिता मर्या्दित एवम् राष्ट्रिय हितका पक्षमा हुनुपर्ने बताउनुभयो । झन्डै सात दशकको प्रयासबाट नेपाली जनताले आफ्ना प्रतिनिधिबाट संविधान प्राप्त गरेको बताउँदै उहाँले यो उपलब्धिलाई संस्थागत गर्नु अपरिहार्य भएको बताउनुभयो ।

पे्रस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस काउन्सिल नेपाल समग्र आमसञ्चार क्षेत्रको नियमनकारी निकाय भएकाले यसले आमसञ्चारमाध्यम तथा त्यहाँ कार्यरत सञ्चारकर्मीका समस्या र पीडा बुझ्ने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महसङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान नेपाली जनताको गर्वको विषय भएको बताउँदै यसका सम्बन्धमा सञ्चारजगतका आफ्नै असन्तुष्टि रहेर पनि नेपाली जनताले आफँै लेखेको संविधान भएका कारण यसको स्वागत गरिएको धारणा राख्नुभयो ।

सूचना विभागका महानिर्देशक एवम् प्रेस काउन्सिल नेपालका सदस्य सचिव लक्ष्मीविलास कोइरालाले काउन्सिलबाट पत्रकार आचारसंहिता, राष्ट्रियता, पत्रकार हकहित तथा आन्तरिक सवलिकरणका पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा पत्रकारिताका क्षेत्रमा क्रियाशील विभिन्न ३३ जना सञ्चारकर्मीका साथै तीनवटा सञ्चार संस्था र अग्रज सञ्चारकर्मीलाई प्रधान न्यायाधीश श्रेष्ठ र मन्त्री रिजालले सम्मान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी