प्रधानमन्त्री कोइराला र भारतीय राजदूतबीच भेटबार्ता

प्रधानमन्त्री कोइराला र भारतीय राजदूतबीच भेटबार्ता

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, ६ असोज ।

प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच भेटबार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समय दुई देशबीच देखिएको असमझदारी र तिक्तताबारे छलफल भएको हो ।

राजदूत राय दिल्लीबाट फर्केपछि भएको भेटघाट र परामर्शबारे प्रधानमन्त्री कोइरालालाई ब्रिफिङ गर्नुभएको थियो । प्रधानमन्त्री कोइराला र राजदूत रायबीच वर्तमान सन्दर्भमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।

नेपालमा संविधान जारी भएपछि भारतको पछिल्लो वक्तव्यलाई लिएर विभिन्न टीका टिप्पणी भएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउनका लागि दुवैतर्फबाट कूटनीतिक पहल जारी रहेको सन्दर्भमा राजदूत राय नेपालको सन्देश लिएर नयाँ दिल्ली पुग्नुभएको थियो ।

दिल्लीको भेटघाट र परामर्शपछि उहाँ आज सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी