काठमाण्डौ,६ असोज ।
सातौ पटक अनसन बस्नुभएका त्रिवि शिक्षण अस्पताल महाराजगंजका बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ डा गोबिन्द्र केसीले आफुलाई प्रधानमन्त्री सुशील कोइरालाले धोका दिएको बताउनु भएको छ ।
जारी सातौं पटकको आमरण अनशनको पाँचौ दिन आज उहाले सरकारी मध्यस्थकर्तामा इमानदारीको अभाव भएको बताउनु भयो । चिकित्सा शिक्षा र सेवामा सबै नेपालीको पहुँच स्थापित गर्न आन्दोलनरत केसीको स्वास्थ्य अबस्था पनि नाजुक बन्दै गएको छ । छैटौ पटकको अनसन तोडेको केही दिनमै सरकारले माग पुरा नगरेको भन्दै उहा सातौ पटक अनसन बस्नु भएको हो ।
हालको स्थितिमा स्वास्थ्य शिक्षा नीति माथेमा प्रतिवेदनले दिएको दिशानिर्देशअनुसार नभइ भ्रष्ट नेता, माफिया र व्यापारीको हितअनुकूल बन्ने दाबी उहाको छ । जनताको हितभन्दा पार्टी र माफियाको हित सुनिश्चित गर्न खोज्ने नेताहरूले मुलुकलाई अस्थिरताको भूमरीमा फसाउन खोजेको डा. केसीले आरोप लगाउनु भएको छ ।
उहाले आफुले उठाएका ११ बुँदे सहमति पालना नभएसम्म कुनै हालतमा आमरण अनशन नरोकिने दाबी गर्नुभएको छ ।