काठमाडौ, ६ असोज ।
सभामुख सुवासचन्द्र नेम्वाङले नेपालको संविधान सभाबाट बनेको संविधान विश्वको इतिहासमा अद्वितीय भएको बताउनुभएको छ ।
दोलखाका सभासद्ले संविधान जारी भएको खुसियालीमा आज राजधानीमा आयोजना गरेको चियापानमा उहाँले नेपालको संविधानको इतिहासमा संविधानसभाबाट जारी भएको संविधान विश्वकै अद्वितीय भएको बताउनुभयो ।
विसं २००७ देखिको जनताको संविधानसभाबाट संविधान जारी गर्ने चाहना पूरा भएकोमा खुसी व्यक्त गर्दै सभामुख नेम्वाङले हिमालदेखि तराईसम्मका जनताको इच्छा र चाहना र सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएका कारण संविधानसभाबाट संविधान जारी गर्न सफल भएको बताउनुभयो ।
उहाले जसरी दलका नेता एकताबद्ध भएर संविधान लेखनको काममा सफलता हासिल गर्न सफल भए त्यसरी नै असन्तुष्ट पक्षलाई समेट्नका लागि निरन्तर प्रयासमा लाग्न पनि आग्रह गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline