म्याग्दीमा भेडापालन स्रोत केन्द्र स्थापना गरिने

म्याग्दीमा भेडापालन स्रोत केन्द्र स्थापना गरिने

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ,६ असोज ।

म्याग्दीको उत्तरी कालिभेगमा कृषकलाई सुविधा उपलब्ध गराउने उद्देश्यले भेडापालन स्रोत केन्द्र स्थापना गरिने भएको छ ।

उत्तरी कालिगण्डकी करिडोर क्षेत्रमा रहेका २० जना कृषकलाई समावेश गरी स्रोत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले स्रोत केन्द्रमा शिख, घारा, दाना, दोवा र भुरुङतातोपानी गाविसमा व्यावसायिक भेडापालन गर्दै आएका कृषकलाई आबद्ध गराइने बताउनुभयो ।

यस अगाडि नै त्यस क्षेत्रका कृषकलाई समूह गठन गरी एकीकृत गरिसकेकाले त्यही समूहलाई नै केन्द्रका रुपमा अगाडि बढाउने तयारी भइरहेको छ । केन्द्र स्थापनाका लागि मन्त्रालयबाट करिब ६ लाख रकम प्राप्त भइसकेकाले छिट्टै उक्त अभियानमा लाग्ने चापागाईंको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी