बि पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेड अभाव / बिरामीहरू उपचार नपाइ फकर्न बाध्य

बि पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेड अभाव / बिरामीहरू उपचार नपाइ फकर्न बाध्य

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

धरान,६ असोज ।

लामो समयदेखि भएको तराई बन्दका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्न थालेपछि बेड अभावमा उपचार नगराई बिरामीहरु फर्कन बाध्य बनेका छन ।

बन्दका कारण तराईका जिल्लामा प्रशासनले कर्फयु तथा निषेधाज्ञा जारी गर्ने र निषेधाज्ञा तोड्दा झडप हुने स्थिति बढ्दै गएपछि अस्पतालहरु समेत असुरक्षित महसुस गरी विरामीहरु फर्कन बाध्य छन ।

उपचारका लागि आउने बिरामीको संख्या बढी भएकाले अस्पतालमा बेडको अभाव चकिर्एको हो । दैनिक ५० देखि ६० जनासम्म आउने गरेकाले अझ समस्या बढ्दै गएको डा. मोहनचन्द्र रेग्मीले बताउनुभयो । यस्तै प्रसुती गृहमा सबैभन्दा बढीचाप हुने गरेकाले वेड खाली नहुदा अन्यत्रै रिफर गर्न बाध्य हुनुपरेको उहा“ले बताउनुभयो ।
उता गाइनो, मेडिकल, सर्जिकल, प्रसुति वार्डमा भर्ना हुने विरामीकालागि अहिले वेड नै खाली नरहको प्रतिष्ठानको भनाई छ । सीमित वेडले पछिल्लो समयमा बढेको विरामीको चापलाई थेग्न नसक्दा विरामीलाई फर्काउने गरेको चिकित्सकहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी