महोत्तरीको गौशालामा लाखौँको लुटपाट

महोत्तरीको गौशालामा लाखौँको लुटपाट

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,६ असोज ।

महोत्तरीको गौशालामा हतियारधारी डकैती समूहले लाखौँको लुटपाट गरेको छ । गएराति १२ बजे गौशाला नगरपालिका–८ का गणेश मोहन साहको घरमा आएको हतियारधारी समूहले कुटपिट गर्दै रु २५ लाख बराबरको लुटपाट गरेको पीडितले बताएका छन् ।

उमा सेलर मिलको सञ्चालकसमेत रहेको साहको घर पछाडिकोे पर्खाल तोडी भित्र प्रवेश गरी ती समूहले सुन र चाँदी गरी १० तोला, दुई बन्डल रिचार्ज, साढे तीन लाख नगद लुटपाट गरेको पीडित उमा साहले बताउनुभयो । सो समूहले घरभित्रै दुई राउन्ड फायरसमेत गरेको पीडित गणेश मोहनले बताउनुभयो ।

डाँका घरभित्र प्रवेश गर्नासाथ निजका छोरा ३ वर्षीय कृष कुमारलाई नियन्त्रणमा लिई पेस्तोल तेस्र्याएर लुटपाट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलबाट ९ एमएमको गोलीको खोका फेला परेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । सो घटनाका बारे थप अनुसन्धानका साथै उक्त समूहको खोजी भइरहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ