निर्धक्क भएर नेपाल भ्रमण गरौ : जुन्को ताबेइ

निर्धक्क भएर नेपाल भ्रमण गरौ : जुन्को ताबेइ

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, असोज ६ ।

प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईले निर्धक्क भएर नेपाल भ्रमण गर्न विश्वभरका पर्यटकलाई आग्रह गर्नुभएको छ ।

सन् २०११ मा जापानमा गएको भूकम्पलाई स्मरण गर्दै उहाले गत बैसाख १२ गते नेपालमा गएको शक्तिसाली भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा खासै असर नगर्नु पर्यटकका लागि सुखद् भएको भन्दै भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा खासै असर नपारेको बताउनुभयो ।

सगरमाथा आरोहण गरेको ४० वर्ष पुगेको अवसरमा केही दिन अघि काठमाडौं आएकी ताबेईले जापान फर्कनु अघि पत्रकाहरुसंग संक्षीप्त कुरा गर्दै आफूले नेपालका विभिन्न पर्यटकीय स्थल र सोलुखुम्बुको स्याङ्गबोचेसम्मको पैदल भ्रमण गरेको बताउँदै सगरमाथासम्म जाने मार्गहरुमा पनि भूकम्पले कुनै असर नगरेको बताउनुभयो ।

ताबेईले पर्यटन विकासको लागि सेप्टेम्बर २४ मा जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको विश्वभरका ट्राभल एजेन्सीको भेलामा नेपालको पर्यटन सुरक्षित रहेको विषयमा आफूले जानकारी गराउने र सबैलाई नेपाल भ्रमणका लागि आग्रह गर्ने बताउनुभयो ।

ताबेईले २०३२ साल जेठ २ गते पहिलो महिला सगरमाथा आरोहीका रुपमा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सगरमाथा आरोहणको ४० औं वर्षगाँठ मनाउन आफ्ना श्रीमान, छोरी र छोरासहित नेपाल आउनुभएको ताबेई आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

उहाले आफ्नो ७६ औं जन्मदिन समेत नेपालमै मनाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी