काठमाडौं, ६ असोज ।
काठमाडौं उपत्यकामा स्वाइन फ्लुको संक्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएर उपचारका लागि टेकु अस्पताल पुगेका चार जनालाई स्वाइन फ्लु भएको पुष्टि भएको हो ।
अस्पतालका डा. शेरबहादुर पुनका अनुसार जानकारी हिजो अस्पताल पुगेका भक्तपुरका एकजना बिरामीसहित काठमाडौंका तीन जनालाई स्वाइन फ्लु लागेको पुष्टि भएको हो ।
डा पुनका अनुसार पछिल्लो एक हप्ताभित्र चार जनामा स्वाइन फ्लु भटिएको छ भने अरु बिरामीलाई पनि स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरिएको छ ।
काठमाडौं बाहिरका जिल्लामा पनि स्वाइन फ्लुको जिवाणु सक्रिय भएको डाक्टरको अनुमान छ ।
छिमेकी राष्ट्र भारतमा धार्मिक भ्रमणमा गएका केहीमा स्वाइन फ्लुको लक्षण भेटिएको तर पुष्टि हुन बाँकी रहेको डाक्टरले बताएका छन् ।
टेकु अस्पतालमा अहिले हरेक दिन ५ देखि ६ जनासम्म रुघाखोकी र ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका बताइएको छ ।
नेपालमा गर्मीबाट जाडो लाग्दा र जाडोबाट गर्मी लाग्दा स्वाइन फ्लुको खतरा रहेकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन ।