काठमाडौं, ६ असोज ।
मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका कारण प्रधानमन्त्री सुशील कोइरालाको आज हुने भनिएको अमेरिका भ्रमण अन्यौलमा परेको छ ।
भर्खरै जारी गरिएको संविधानलाई नमान्ने भन्दै आन्दोलनरत मधेशी दलले आन्दोलन कायमै राखेको तथा सोहि विषयलाई निहुँ बनाएर भारतले नेपालविरुद्ध नाकाबन्दी गर्नेसम्मका खबर सावैजनीक भएपछि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण अन्यौलमा परेको हो ।
यसबारे आज बस्ने तीन दलका नेताहरुको बैठक र दिल्लीबाट भारतीय राजदूत नेपाल आएपछि हुने छलफलले मात्रै टुंगो लगाउने बताइएको छ । यसअघि हिजो साँझ बसेको मुख्य ३ दलको बैठकले नेपालको संविधानप्रति भारतीय प्रतिक्रिया र त्यसकोे सम्भावित प्रभावका विषयमा छलफल गरेका थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामा भाग लिने विषयमा आज परामर्श गरेर टुंगो लगाउने निर्णय भएको एक नृताले बताए ।
बैठकमा देशको समग्र सुरक्षा अवस्था र संविधान जारी पछिको स्थिति लगाएत संविधानका विषयमा नबुझेका विषयलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रलाई बुझाउने र असन्तुष्ट दललाई सहमतिमा ल्याउने विषयमा छलफल भएको बताइएको छ ।