भुटानको थिम्पुमा सम्पन्न नेपाल भुटान मैत्रीपूर्ण जुडो प्रतियोगितामा नेपालीलाई ३ स्वर्ण

भुटानको थिम्पुमा सम्पन्न नेपाल भुटान मैत्रीपूर्ण जुडो प्रतियोगितामा नेपालीलाई ३ स्वर्ण

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

झापा, ५ भदौ ।

भुटानको राजधानी थिम्पुमा सम्पन्न नेपाल भुटान मैत्रीपूर्ण जुडो प्रतियोगितामा नेपाली खेल टोलीले ३ स्वर्ण,३ रजतसहित २ कास्यपदक हात पारेको छ ।
नेपाल जुडो संघका केन्द्रीय सचिव धर्म श्रेष्ठका अनुसार प्रतियोगितामा पुरुषतर्फको ३५केजी तौल समूहमा नेपालका सन्तोष नेपाली दोस्रो,४० केजीमा  विकास तामाङ दोस्रो,४५ केजीमा सुरज नेपाली तेस्रो,५० केजीमा उज्ज्वल श्रेष्ठ दोस्रो,५५ केजीमा सञ्जोग भट्ट प्रथम र ६० केजी तौल समूहमा दिनेश बुढा मगर दोस्रो भएका छन् ।
त्यस्तै खुल्ला महिला प्रतियोगितातर्फ नेपालका खेलाडीहरु कविता नेपाली प्रथम र सिता सार्की तेस्रो बनेका टोलीको नेतृत्व समेत गरेका श्रेष्ठले जानकारी दिए । जम्मा ७ स्वर्णका लागि आयोजित प्रतियोगतामा आयोजक भुटानले ४ स्वर्ण हात पारेको थियो ।
प्रतियोगिताका लागि नेपालबाट ३ जना महिलालगायत ९ जना प्रतिष्पर्धी खेलाडीसहित १४ सदस्यीय अफिसियल खेलाडी भुटान प्रस्थान गरेका थिए ।
गत असोज २ गते प्रतियोगिता र ३ गते दुई देशका खेलाडीलाई संयुक्त प्रशिक्षण गराइएको मैत्रीपूर्ण प्रतियोगितामा दुईतर्फका गरी २५ जना खेलाडीले भाग लिएका बताईएको छ ।
प्रतियोगितामा भाग लिने नेपाली खेलाडीहरु सबै काठमाण्डौंस्थित बाल वातावरण केन्द्रको संरक्षणमा रहेका केन्द्रका अध्यक्ष समेत रहेका जुडो प्रशिक्षक श्रेष्ठको भनाई छ ।
खेलमा प्रतिष्पर्धा गरी जीत हात पारेर मंगलबार कांकरभिट्टा आइपुगेको नेपाली जुडो टोलीलाई झापा खेलकूद विकास समितिका अध्यक्ष शंकर थापालगायत स्थानीय विभिन्न विधाका खेलाडीहरुले स्वागत गर्दै शुभ कामनासहित बधाई ज्ञापन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी