काठमाण्डौ, ५ भदौ ।
भैरहवास्थित सुनौली नाकामा रोकिएका मालबाहक ट्रक नेपाल भित्रिएका छन् ।
आज साँझ मात्र ३३ बढि मालबहाक साधन नेपाल भित्रिसकेका नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले बताउनुभयो ।
यस अघि दिउँसोसम्म २ सय ७७ मालबहाक साधन नेपाल भित्रिएका थिए । रक्सौलबाट भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भारतले आज नेपाल प्रवेश गर्न नदिएको भनिएका बेला साधनको कस्टम क्लीरियन्सका कारण रोकिएको बरालले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, भारतले सिमामा कडाई गरेको कारणले नभई मालबहाक साधनको कस्टम क्लीरीयन्समा समय लाग्दा साधन रोकिएका हुन् ।
यद्धपि भारतले हिजोदेखि महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाकामा कडाई गरेको छ । मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । यसअघि भारतले सोमबार साँझ विज्ञप्ति जारी गर्दै तराईमा भएको आन्दोलन सुल्झाएन आग्रह गरेको थियो । साथै भारतले सीमाक्षेत्रमा भइरहेका हिंसात्मक गतिविधिको कारण देखाउँदै आपूर्ति रोकिने संकेत समेत गरेको थियो ।