काठमाण्डौ,५ असोज ।
पाल्पा बौघागुम्बा गाविस–४ माथिल्लो छेलुङकी विद्याकुमारी दर्जीको हत्या सोही स्थानका चेतबहादुर बरालले गरेको रहस्य खुलासा भएको छ ।
हत्या गरी सोही दिन भारत पसेका बराललाई प्रहरीले हत्या भएको १० दिनपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज पत्रकार सम्मेलन गरी अभियुक्त बराललाई सार्वजनिक गरेको हो ।
सिरक ओढाइएको अवस्थामा घरभित्र शव फेला परेको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सेनाले बताउनुभयो । घरमा एक्लै बस्दै आएकी दर्जीको गत भदौ २२ गते हत्या भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline