काठमाण्डौ,५ असोज ।
सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरीएको छ ।
एकीकृत नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आफूहरुले उठाएका माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथको प्रशासन कक्षमा तालाबन्दी गरेको क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीका जिल्ला सचिव वीरेन्द्रराज विष्टले क्रान्तिकारीले उठाएका माग सम्बोधन नगरेका कारण बाध्य भएर तालाबन्दी गरेको बताउनुभयो । उहाँका अनुसार भदौ अन्तिम साता क्रान्तिकारीले सातबँुदे माग विश्वविद्यालयलाई बुझाएको थियो ।
विद्यार्थीले उठाएका मागप्रति विश्वविद्यालय उदासिन भएका कारण दबाबस्वरुप तालाबन्दी गरिएको सचिव विष्टको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline