तोडफोड र आगजनी भएको प्रति काग्रेसको गम्भीर ध्यानाकर्षण

तोडफोड र आगजनी भएको प्रति काग्रेसको गम्भीर ध्यानाकर्षण

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, ५ असोज ।

नेपाली काग्रेसले देशका विभिन्न स्थानमा आन्दोलनका नाममा भइरहेको तोडफोड र आगजनीबाट सर्वसाधारणलाई दुःख, कष्ट भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पाटी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा केन्द्रीय सदस्य फर्मूल्लाह मन्सुरको बारास्थित घरमा आक्रमणको प्रयास भएको जनाइएको छ । आन्दोलनकारीले काँग्रेसको बारा जिल्ला सभापति एवम् सांसद राधेचन्द्र यादवको घरमा तोडफोड, आगजनी र लुटपाट गरेर भौतिक सम्पत्ति क्षति पु¥याएको उल्लेख छ ।

शान्तिपूर्ण रुपमा माग राख्न पाउने संवैधानिक अधिकारलाई बेवास्ता गर्दै उच्छृङ्खल, अवाञ्छित र हिंसात्मक गतिविधि गर्न कसैलाई पनि छुट नभएको काँग्रेसले जनाएको छ । हिंसात्मक क्रियाकलापको भत्र्सना गर्दै त्यस्ता क्रियाकलापहरु नदोहो¥याउन, संयमता अपनाउन र समाजमा शान्ति, सद्भाव र एकता कायम गर्ने कार्यमा सहयोग पु¥याउन आन्दोलनकारीलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

त्यस्तै, रौतहटको निर्वाचन क्षेत्र नं ४ गरुडास्थित काँग्रेसको क्षेत्रीय कार्यालयको पक्की भवनलाई पूर्ण रुपमा आन्दोलनकारीहरुले क्षति पु¥याएको, रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवको घरमा समेत भएको तोडफोड र काँग्रेसका सिराहा सभापति सितादेवी यादवको घरमा भएको आगजनि र सांसद डा गणेश मण्डलको घरमा आगजनी गरी क्षति पु¥याएको घटनाको काँगे्रसले भत्र्सना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी