• मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ५ असोज ।

राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज भेटबार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा तराई–मधेसमा भइरहेको आन्दोलनलाई तत्काल सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र संघको ७० औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिका जानु एक दिनअघि भएको उक्त भेटमा राष्ट्रपति यादवले तराई–मधेसमा आन्दोलनरत पक्षसँग तत्काल संवाद थाल्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति यादवले तत्काल राजनीतिक र प्रशासनिक पक्षबाट पहल गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न र समस्या समाधान गर्न आग्रह गर्नुभएको सल्लाहकार दाहालले बताउनुभयो । सो भेटमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षसँग संवादको थालनी भइसकेको जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी