प्रधानमन्त्री कोइराला र आन्दोलनरत तमलोपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री कोइराला र आन्दोलनरत तमलोपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडो., ५ असोज ।

प्रधानमन्त्री सुशील कोइराला र आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

तमलोपाको कार्यालय विजुलीबजारमा भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले तराईमा जारी आन्दोलन रोक्न र वार्तामा आउन ठाकुरलाई आग्रह गर्नुभयोे । उहाले असन्तुष्टिहरुलाई वार्ता र छलफलबाटै समाधान गर्न सकिने भन्दै तत्काल आन्दोलन रोक्न आग्रह गर्नुभएको थियो ।

वार्ता र छलफल गरी आवश्यक परे संविधान संशोधन गर्न सकिने प्रधानमन्त्रधी कोइरालाको भनाइ थियो ।भेटका क्रममा तमलोपाका अध्यक्ष ठाकुरले आफूहरुले उठाउँदै आएका मागलाई तीन दलले अस्वीकार गरेको भन्दै आन्दोलनबाटै मधेसी जनताका अधिकार स्थापित गर्ने बताउनुभयो ।

अध्यक्ष ठाकुरले प्रवेशको सिमांकन गर्दा मधेसी जनताको भावनाअनुसार गर्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई आधार बनाउनुपर्ने लगायतका आफ्ना माग यथावत रहेको बताउनुभयो । प्रमुख तीन दलले वार्ताको वातावरण बिगारेको भन्दै अध्यक्ष ठाकुरले तत्काल वार्ता हुनै नसक्ने अडान दोर्होयाउनु भएको छ ।

उहाले आफू एक्लैले निर्णय गरेर नहुने भन्दै अरु आन्दोलनरत दलसँग छलफल गरेर वार्तामा बस्ने या नबस्ने भन्ने निर्णय जानकारी पनि गराउनु भएको छ ।

प्रधानमन्त्री कोइराला वनमन्त्री महेश आचार्य र कांग्रेस नेता आनन्दप्रसाद ढुंगानासहित तपमलोपाका अध्यक्ष ठाकुरसँग भेटवार्ताका लागि पुग्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी